arin enterprises

कपिलवस्तुमा १० जना कोरोना निको भएर घर फर्किए

SamacharDesk – विकाश | २०७७ जेठ १०, शनिबार

बुटबलको धागो कारखानामा बनाइएको कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत १० जना कोभिड १९ संक्रमित निको भएर घर फर्किएका छन् ।

निको भएर अस्पतालबाट डिस्चार्ज हुनेहरु सबै कपिलवस्तुका हुन् । 

पछिल्लो २४ घण्टामा दुई पटक गरिएको पीसीआर परीक्षणको रिपोर्ट लगातार नेगेटिभ आएपछि उनीहरुलाई अस्पतालबाट डिस्चार्ज गरिएको हो ।

उनीहरु सबै दुई साताअघि अस्पताल भर्ना भएका थिए ।

आज संक्रमण निको भएर घर फर्किने १० जना नै लकडाउनको समयमा भारतबाट लुकिछिपी नेपाल प्रवेश गरेका थिए ।

योसँगै नेपालमा कोभिड १९ संक्रमण निको हुनेको संख्या ८९ पुगेको छ । आजै पर्साको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचाररत ९ जना पनि निको भएर घर फर्केका छन् ।

Categorized in समाज