कोरोना परिक्षणका लागि १० वटा प्रयोगशाला थपिए
SamacharDesk – विकाश | २०७७ आषाढ १३, शनिबार

कोरोना संक्रमितहरुको संख्या बढ्दै गइरहेको र यससँगै परिक्षणका लागि आउनेहरुको संख्या समेत बढ्दै गइरहेको अवस्थामा सरकारले कोरोना परिक्षण गर्ने १० वटा प्रयोगशालाहरु थपेको छ ।
हाल २३ वटा प्रयोगशालाबाट आरटि पिसिआर विधिबाट कोरोना संक्रमणको परिक्षण हुँदै आएकोमा असार १० गते स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालसमेतको अध्यक्षतामा बसेको वैठकले हाललाई १० वटा प्रयोगशाला थप गर्ने निर्णय गरेको हो ।
अब मेची अस्पताल, डडेलधुरा अस्पताल, दैलेख अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालीम केन्द्र र शसस्त्र प्रहरी अस्पतालमा पनि प्रयोगशाला थप गरी सञ्चालन गर्ने निर्णय वैठकले गरेको छ ।
साथै, पाल्पा अस्पताल, धौलागिरी अस्पताल, धनकुटा अस्पताल, विरेन्द्र प्रहरी अस्पताल र नेपाल सेना अस्पतालमा पनि कोरोना परिक्षणका लागि प्रयोगशाला थपिने भएको छ ।
यस अघि २३ वटा प्रयोगशालाबाट कोरोना संक्रमणको परिक्षण हुने गरेकोमा अब १० वटा प्रयोगशाला थप भई ३३ पुगेको छ ।
नेपाल सरकारले असार १५ गतेदेखि दैनिक १० हजारसम्म नमूना परिक्षण गर्ने लक्ष्य राखेको छ ।
Categorized in राष्ट्रिय