arin enterprises

अनुमति विना मक्का पुगे १० हजार रियाल जरीवाना

SamacharDesk – विकाश | २०७७ आषाढ २९, सोमबार

हज इस्लामको पाँच स्तम्भमध्येको एक मानिन्छ । विरामी वा शारीरिक रुपमा अशक्त बाहेक हरेक मुस्लिमले जीवनमा एकपटक हजयात्रा गर्नुपर्ने मान्यता छ ।

मुस्लिम धर्मावलम्बीहरु हजयात्रामा मक्का मदिना पुग्ने गर्छन् ।

यसपालि कोरोना महामारीका कारण साउदी अरेबियाको गृह मन्त्रालयले हज यात्राको लागि मक्का आउनेहरुको संख्यालाई सिमित बनाउने निर्णय गरेको छ ।

यस्तो अवस्थामा साउदी अरेबियाको गृह मन्त्रालयले अनुमति विना हज यात्राको लागि मक्का जानेहरुलाई १० हजार साउदी रियाल जरीवाना लगाउने निर्णय गरेको छ । 

१० हजार साउदी रियाल भनेको दुई हजार ६ सय ६६ अमेरिकी डलर हुन आउँछ ।

साउदीको गृह मन्त्रालयले यस वर्ष मक्का आउनेको संख्या १० हजारमात्रमा सिमित राख्ने निर्णय गरेको छ ।

दोस्रोपटक पनि यो प्रतिबन्ध उल्लंघन गरेमा ५ हजार ३ सय ३२ अमेरिकी डलर जरीवाना गरिने साउदी गृह मन्त्रालयले जनाएको छ ।

यो प्रतिबन्ध जुलाई १९ देखि २ अगष्टसम्म जारी रहनेछ । 

मन्त्रालयले संक्रमण नियन्त्रणका लागि सबै नागरिकहरुलाई र बासिन्दाहरुलाई हजयात्राको क्रममा सरकारले तोकेको नियम पालना गर्न पनि आग्रह गरेको छ । 

गत वर्ष हज यात्राको क्रममा २५ लाख मानिसले मक्का र मदिनाको यात्रा गरेका थिए ।

Categorized in अन्तर्राष्ट्रिय