arin enterprises

१० वर्षे बालकको डुबेर मृत्यु

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८० माघ २२, सोमबार

काठमाडौंको चन्द्रागिरीमा एक १० वर्षीय बालकको रिजर्भ पानीमा डुबेर मृत्यु भएको छ ।

चन्द्रागिरी नगरपालिका–१० बस्ने धादिङ गजुरीकासरिता तामाङको छोरा १० वर्षीय सबिन तामाङको आइतबार साँझ डुबेर मृत्यु भएको हो ।

चन्द्रागिरी नगरपालिका–१० बुद्वमन्दिर परिसर भित्र निर्माणाधिन भवनको भर्‍याङ मुनि रहेको रिजर्व पानीमा तामाङ डुबेका थिए । खेल्दै जाने क्रममा तामाङ त्यहाँ खस्न पुगी डुबेको बताइएको छ ।

डुबेर अशक्त भएका उनलाई उपचारको लागि नेपाल सशस्त्र प्रहरी बल अस्पताल बलम्बु लगिएको थियो भने सोही अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो । 

Categorized in समाज