सिटीको सतप्रतिशत जित
SamacharDesk – आकाश राजोपाध्याय | २०८० मङ्सिर २८, बिहिबार

च्याम्पियन्स लिग फुटबल म्यानचेस्टर सिटी विजयी भएको छ । बुधबार समूह जीको खेलमा सिटीले रेड स्टार बेलग्रेडलाई ३–२ गोल अन्तरले हराउँदै सतप्रतिशत जित निकालेका हुन् ।
खेलको १९ औं मिनेटमा मिका हेमिल्टनको गोलमा सिटीले सुरुवाती अग्रता बनाएको थियो । ओस्कार बोबले क्लबका लागिे गोल गर्दै अग्रतालाई दोब्बर बनाएका थिए । ओस्कारले सिटिको लागि गरेको पहिलो गोल हो ।
खेल सकिन १३ मिनेट अघि ह्वाङ इम बिओमले रेड स्टारका लागि गोल गर्दै क्लबलाई खेलमा फर्काउने कोशिश गरेका थिए ।
सिटीका काल्भिन फिलिप्सले ८५ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै खेललाई ३–१ को अवस्थामा पुर्याए ।
खेलको इन्जुरी समयमा अलेकजेन्डर कटाईले गोल गरेपनि घरेलु टोली बेलग्रेडको हार टार्न भने सकेनन् ।
समुह चरणमा सतप्रतिशत जित निकाल्न पेप ग्वार्डिओलाको क्लब सिटी सफल बनेको छ ।
सन् २०२१–२२ को सिजनमा योर्गेन क्लोपले लिभरपुरले यो सफलता हासिल गरेको थियो ।
योसँगै सिटिले ६ खेलमा १८ अंक जोड्डै समुहको शीर्ष स्थानमा छ । यस्तै बेलग्रेड १ अंक सहित समुहको पुच्छरमा छ ।
Categorized in स्पाेर्ट्स