भक्तपुरमा १२ जनाको स्वाब परिक्षणको नतिजा नेगेटिभ
SamacharDesk – रामगोपाल तमखु | २०७७ जेठ १२, सोमबार

भक्तपुरमा गत विहिवार ७ गते भक्तपुर नगरपालिका वडा नं. ५ का कोरोना संक्रमण पुष्टि भएका व्यक्तीको संम्पर्कमा रहेका १२ जनाको स्वाब परिक्षणको रिर्पोट नेगेटिभ आएको छ ।
४२ बर्षीय संक्रमित पुरुषका परिवारका ११ सहित १२ जनाको कन्ट्याक्ट ट्रेसिङको आधारमा विहिवार स्वाब संकलन गरि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।
उनीहरु १२ जनाकै रिर्पोटमा कोरोना नदेखिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी सविन प्रधानले जानकारी दिएका छन् ।
कोरोना संक्रमित पुरुषको काठमाडौको बलम्वुस्थित शसस्त्र प्रहरी बलको अस्पतालमा उपचार भइरहको छ ।
त्यसैगरि कोरोना संक्रमणका कारण मृत्यु भएकी सिन्धुपाल्चोक बाह्रविसेकी सुत्केरी महिलाको शव व्यवस्थापनमा लागेका भक्तपुरका दुई युवकको पनि कोरोना परिक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।
भक्तपुरका अरुण सैजु र राजेश गाइजुको कोरोना रिर्पोट नेगेटिभ आएको एसपी सविन प्रधानले जानकारी दिनुभयो ।
सैंजु र गाइँजु दुवै अहिले सुर्यविनायकस्थित विरदल गणको क्वारेन्टाइनमा बसिरहेका छन् ।
उनीहरुले कोरोना संक्रमणका कारण मृत्यु भएकी महिलाको शव धुलिखेल अस्पतालबाट पशुपति आर्यघाट लगि व्यवस्थापन गरेका थिए ।
Categorized in समाज