arin enterprises

१२ वर्षे श्वेतकाली अजिमा (नरदेवी) नाच प्रारम्भ

SamacharDesk – Ram Dangol | २०७८ चैत्र २, बुधबार

१२ वर्षे नरदेवी श्री श्वेतकाली अजिमा देवीनाच पर्व सुरु भएको छ । देवीनाच पर्वका अवसरमा बुधबार स्वयम्भु स्थित महाचैत्य वनबाट मूठाँ (लिङ्गो) आज विधिवत पूजाआज गरी नरदेवी मन्दिर परिसरमा ल्याइएको छ ।

श्री न्यतभुलु अजिमा (नरदेवी) को बाह्र वर्षै जात्राका क्रममा १२ वर्षमा एकपल्ट स्वयम्भूको जंगलमा गई विधिवतरुपमा मुँठा लिने जाने गरिन्छ । यस दौरान विभिन्न पूजाआजाहरु गरी रुखलाई काटिन्छ । त्यसपश्चात पूजाआज सकेर प्रसाद ग्रहण गरी स्वयम्भूबाट तानेर नरदेवीको द्यो छेँमा पु¥याईन्छ । सोही अनुरुप आज नरदेवीका गुठियारहरुको संलग्नतामा मूठाँ नरदेवी देवताको आँगन घरमा ल्याएको छ । जसलाई आगामी शनिबार द्यो छेँको प्रांगणमा विधिविधान अनुसार ठड्याउने कार्यक्रम रहेको छ ।  

हरेक १२ वर्षमा नचाईने न्यतभुुलु अजिमाको नाच २०६६ सालपछि यो वर्ष नचाउन लागेको हो । यस नाच अन्तर्गत श्रीको विशेष देवीनाच पर्व मनाउने परम्परा रहेको जस अनुसार नेवारहरुको मौलिक पर्व पाहाँचह्रेको पूर्वसन्ध्यामा प्राचिन भित्रि शहरको देवी मार्ग अन्तर्गत मुलदेवीघरबाट आरम्भ भइ नरदेवी(असन(हनुमानढोका(जैशिदेवल(भिमसेनस्थान(मरु हुँदै पुनः देवीको मूलदेवीधरमा फिर्ता भएपपछि नरदेवी डबलीमा १२ बर्षे देवीनाच पर्व अन्तर्गतको पहिलो देवीनाच प्रदर्शन गरिन्छ ।

काठमाडौंका विभिन्न प्राचिन डबलीका साथै मल्लकालिन राज्यहरु ललितपर, किर्तिपुर, भक्तपुर, बनेपाका प्राचिन दरवारस्थित मल उपलीहरु समेत विभिन्न १२ स्थानहरुमा यो देवीनाच प्रदर्शन गर्नपर्ने परम्परा रहेको छ जुन प्रारम्भ भएको मितिले १२ वर्ष भित्र सम्पन्न गर्नु पर्ने मान्यता रहिआएको चलन छ ।

Categorized in संस्कृति