१४ किलो सुनसहित दुई पक्राउ
SamacharDesk | २०८० मङ्सिर २२, शुक्रबार

त्रिभुवन विमानस्थलबाट १४ किलो सुनसहित दुई जनालाई पक्राउ परेका छन् ।
बिहीबार राती दुबई फ्लाइटबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँ आएका गोरखा वारपाकका चन्द्र घले र गोरखाका मीनबहादुर घले करिब १४ किलो सुनसहित पक्राउ परेका छन् ।
गएराति ११ः४० बजे फ्लाइ दुबईको एफजेड ५७३ को उडानबाट काठमाडौं आएका चन्द्र घलेलाई कपडामा बेरेरे छातीको दायाँबायाँ राखि लुकाएर ल्याएको अवस्थामा बिस्कुट आकारको ७ थान (१४ किलो) सुनसहित पक्राउ गरिएको थियो ।
उनीसँग सोधपुछ गर्दा सुन गोरखाका मीनबहादुरको रहेको बताएपछि घलेलाई पनि विमानस्थलबाट पक्राउ गरिएको भन्सार प्रमुख टोकराज पाण्डेले जानकारी दिनुभयो । पक्राउ परेका दुबैलाई थुनामा राख्न प्रहरी प्रभाग कोटेश्वर पठाइएको छ ।
कार्यालय खुलेपछि उनीहरूलाई विमानस्थल भन्सार कार्यालय गौचरमा उपस्थित गराइ थप अनुसन्धान हुने भन्सार प्रमुख पाण्डेले जानकारी दिनुभयो ।
यसैबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद १४ किलो सुन छानबिन गर्न भन्सार विभागले ६ सदस्यीय छानबिन समिति गठन गरेको छ ।
बरामत १४ किलो सुनका विषयमा पत्रकार सम्मेलन गर्दै शुक्रवार विभागले त्रिभुवन विमानस्थल भन्सार कार्यालय प्रमुख भन्सार अधिकृत मणिराम पौडेलको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेको गरेको हो ।
पत्रकार सम्मेलनमा बोल्दै त्रिभुवन विमानस्थल भन्सार कार्यालय प्रमुख भन्सार प्रशासक टोकराज पाण्डेले त्रिभुवन विमानस्थल भन्सार कार्यालय प्रमुख भन्सार अधिकृत मणिराम पौडेलको नेतृत्वमा प्रहरी नायव उपरीक्षक प्रकाश सुवेदी, भन्सार अधिकृत डिल्लुप्रसाद शर्मा, भन्सार अधिकृत प्रकाश निरौला, शाखा अधिकृत मञ्जु थापा र भन्सार अधिकृत लोकराज ढुङ्गाना रहेको बताउनु भयो ।
Categorized in अपराध