१९७४ एडी ब्यान्डको फेसबुक पेज ह्याक
SamacharDesk | २०८० फाल्गुण ३०, बुधबार

चर्चित नेपाली ब्यान्ड १९७४ एडीको फेसबुक पेज ह्याक भएको छ । १९७४ एडीको फेसबुक पेज मंगलबार ह्याक भएको हो ।
आफूलाई बंगलादेशी मुस्लिम ह्याकरहरुको समूह बताउने ‘साइबर क्रिमिनल फोर्स’ ले मंगलबार साँझ ९ बजेतिर ब्यान्डको फेसबुक पेज कब्जामा लिएको देखिन्छ ।
ह्याकरले पेजमा लाइभ गर्ने, बारम्बार प्रोफाइल/कभर फोटो परिवर्तन गर्ने तथा बङ्गाली र अङ्ग्रेजी भाषामा विभिन्न जथाभावी पोस्ट गरेका छन् ।
त्यस्तै नेपाली ह्याकरलाई पेज रिकभर गर्न चुनौती दिँदै पोस्ट समेत गरेको छ, जुन पोस्ट अहिले डिलिट गरिएको छ ।
यता १९७४ एडीले भने पेज रिकभर गर्न प्रयास भइरहेको जनाएको छ ।
Categorized in पेजथ्री
