arin enterprises

अवैध लागूऔषध गाँजासहित पक्राउ

SamacharDesk – बिकाश | २०७७ पौष २९, बुधबार

सर्लाहीमा १० किलो अवैध लागूऔषध गाँजासहित २ जना पक्राउ परेका छन् ।

सर्लाहीको ईश्वरपुर नगरपालिका–१३ रेलवे फाँटबाट करिब १० किलो गाँजासहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा मोहत्तरी गौशाला नगरपालिका–३ बस्ने ५० वर्षीय नवल किशोर साह र उनकी श्रीमती ४० वर्षीया उर्मीला देबी साह रहेका छन् ।

बिशेष सूचनाको आधारमा प्रहरी चौकी गौरिशंकरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

ज. ११ प ७९७१ नम्बरको मोटरसाइकलमा फुलजोरबाट मोहत्तरीतर्फ जाँदै गरेका उनीहरूलाई जाँच गर्नेक्रममा मोटरसाइकलको बीचमा गाँजा लुकाई ल्याएको अवस्थामा पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ । 

Categorized in अपराध