arin enterprises

तनहुँमा पेस्तोल र गोलीसहित दुई जना पक्राउ

SamacharDesk – समाचारडेस्क क्राइम ब्यूराे | २०८२ जेठ ९, बिहिबार

तनहुँमा पेस्तोल, गोली र म्यागेजिनसहित दुई जना पक्राउ परेका छन् ।

तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट आज दिउँसो पेस्तोल, गोली र म्यागेजिनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले नवलपरासी पूर्व गैंडाकोट नगरपालिका–१२ हर्कपुर बस्ने २५ वर्षीय मिलन ढकाल र चितवन माडी नगरपालिका–७ गौरी नगर बस्ने ३२ वर्षीय बिजय तिवारीलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट मेड इन युएसए लेखिएको पेस्तोल १ थान, गोली १ राउण्ड र म्याग्जिन १ थान बरामद भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ना.२८ प १५१९ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट उक्त पेस्तोल र गोली फेला पारेको हो ।

चेकजाँच पछि प्रहरीले मोटरसाइकल चालक तिवारी र मोटरसाइकलमा सवार ढकाललाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

Categorized in अपराध