२० वडामा जनसहभागितामूलक सरसफाई कार्यक्रम
SamacharDesk – समाचारडेस्क | २०८० जेठ १३, शनिबार

काठमाडौं महानगरपालिमा जनप्रतिनिधहरुको पद वहाली भएको एक वर्ष पुगेको अवसरमा वृहत रुपमै सरसफाईको आयोजना गरेको छ ।
महानगर अतर्गतका ३२ वडामै जनसहभागिता गराई आ–आफ्नो वडा क्षेत्रमा सरसफाई गरिएको हो । आफ्नो ठाउँ आफैं सफा सुग्घर र स्वच्छ राखौं भन्दै सम्पूर्ण वडावासीहरुले विहान ७ बजदेखि १० बजेसम्म सरसफाई गरेको छ ।
यसै अवसरमा २० वडामा सम्पूर्ण वडावासीहरुको सहभागितामा सरसफाई गरियो । कार्यक्रममा स्वतःस्पूर्त रुपमा सयौंको सहभागिता रहेको थियो ।
सरसफाई कार्यक्रममा सहभागीहरुलाई हौसला प्रदान गर्न महानगरपालिकाका उपमेयर सुनिता डंगोलले पनि आफ्नो सहभागिता जनाएको थियो ।
यस सम्बन्धी छोटो प्रतिक्रिया दिंदै काठमाडौं महानगरपालिका वडा नं. २० का अध्यक्ष राजेन्द्र मानन्धरले, भन्नुभयो “हाम्रो वडालाई सफासुग्घर र स्वच्छ राख्न वडाका कर्मचारीहरुले दिनहुँ फोहोर उठाउने, सफाई गर्ने तथा वातावरण दिवसको अवसरमा सरसफाई गर्ने कार्य त भइराखेकै हो तर आज काठमाडौं महानगरपालिकाले जनप्रतिनिधिहरुको पद वहाली एक वर्ष पुगेको अवसरमा केन्द्रीयस्तरमै वृहत रुपमा एकैसाथ राखिएको कार्यक्रम अन्तर्गत हामीले पनि यस २० वडाको क्षेत्रमा सरसफाई गरिएको हो,” ।
महानगरले पहिलो पटक ३२ वटै वडास्तरमा सरसफाई कार्यक्रम राखिएको उहाँले बताउनुभयो । सरसफाई कार्यक्रम २० वडाको क्षेत्रहरु भिमसेनस्थानबाट सुरु भई परोपकार स्कूल, विष्णुमति आसपासका क्षेत्र, कोहिटी, जैसिदेवल, चिकंमुगल मरु गणेश स्थान, ख्योक्यबलगायतका क्षेत्रहरुमा सरसफाई गरिएको छ ।
Categorized in स्थानीय