arin enterprises

२०औं ज्यापू दिवस मनाईयो

SamacharDesk – राम डंगोल | २०८० पौष १०, मंगलबार

२० औँ राष्ट्रिय ज्यापु दिवस नेवार समुदायका ज्यापू समुदायले आज हर्षोल्लासका साथ मनाएका छन् ।

यःमरी पुन्हिका दिनमा मनाउने ज्यापु दिवस कार्यक्रम ज्यापु संस्कृति विकास कोषको आयोजनामा यो वर्ष त्यगं त्वाःको संयोजकत्वमा टेगंल टोलबाट र्‍याली तथा परम्परागत झाँकीका साथ सुरु भएको थियो।

नेवारी परम्परागत बाजा, धुन्याँ तथा झाँकीका साथ अगाडि बढेको र्‍याली नगर परिक्रमापछि वसन्तपुरमा पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो ।

कार्यक्रम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख अतिथिको रूपमा सम्बोधन गर्नुभयो । प्रचण्ड नेतृत्वको सरकारले नेपाल संम्वतलाई सरकारकारी कागजमा उल्लेख गर्ने निर्णय गरेको भन्दै ज्यापु समुदायले उहाँलाई अभिनन्दनसमेत गरेको छ ।

ज्यापू समूदायको संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्ने उद्देश्यका साथ विसं २०६१ सालदेखि यःमरी पुन्ही सँगसँगै उपत्यका लगायत देशभरका ज्यापू समुदायहरुले राष्ट्रिय ज्यापू दिवसलाई पर्वकै रुपमा मनाउँदै आएको छ ।

नेपाल भाषामा “ज्या” भनेको काम र “पू” भनेको बीउ हो । निरन्तर खेती किसानीमा संलग्न हुने मिहिनेती र पौरखको रीत र परम्परा नै ज्यापू संस्कृति हो ।

नेवारी समूदायको समेत मूल संस्कृतिको रुपमा रहेको यसको संरक्षणका लागि सरकारले ज्यापू दिवसलाई राष्ट्रिय दिवसको मान्यता समेत दिएको छ ।

विक्रम संवत् २०६१ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले यसलाई राष्ट्रिय दिवसको मान्यता दिएको हो ।

हाल मुलुकभर ज्यापू समूदायका करिव ६ लाखभन्दा बढी नागरिक छन् । यो वर्ष त्यंग त्वाःको संयोजकत्वमा वृहत सांस्कृति र्यालीको आयोजना गरियो ।

सांस्कृतिक बाजागाजासहित ¥याली त्यंगःबाट क्षत्रपाटी– क्वाः पुखु–  थवही चोक– सञ्चयकोष चोक– ज्याथा–त्योर– अंस– केलटोल जनबहाः– वंघः– जुद्धसालिक– दफ्टर(सिद्धिररणचोक)– ओमबहाः– लगं– ब्रम्हटोल– ओन्दे– ह्यूमत– न्हूघः– क्वाहिती– भिंद्यःत्वाः(भिसेनस्थान)– मरु सतः हुँदै बसन्तपुर सभामा सहभागी भएको थियो।

Categorized in राष्ट्रिय