रुसी हवाई आक्रमणमा परि २६ युक्रेनीको मृत्यु
SamacharDesk – आकाश राजोपाध्याय | २०८० बैशाख १७, आइतबार

रुसी आक्रमणमा परी २६ जना युक्रेनी जनाता मारिएका छन् । मध्य युक्रेनको ऐतिहासिक सहर उमानको आवासीय क्षेत्रमा रुसले हवाई हमला गरेको हो ।
युक्रेनमाथि करिब दुई दर्जन क्षेप्यास्त्र प्रहार गरी रुसले गैरसैनिक मारेको अन्तराष्ट्रिय संचारमाध्यमले बताएका छन् ।
आक्रमणबाट भत्केका भवनका भग्नावशेषबाट मृतकका शव निकालिएका थिए । जसमा पाँच बालबालिकाका शव पनि निकालिएका थिए ।
यस वर्ष शिशिर यामको प्रारम्भमा ऊर्जा र इन्धन प्रवाह गर्ने युक्रेनी पूर्वाधारमा आक्रमण गरी रुसले जनजीवन कष्टकर पारेको थियो ।
केही समयका लागि आक्रमण बन्द गरेको रुसले नागरिक संरचना तथा आवासमा फेरी आक्रमण गर्न थालेको छ ।
करिब ८० हजार बासीन्दा रहेको लुगान्स्कमा पनि आक्रमण भएको छ । लुगान्स्क शहर रुसले नियन्त्रणमा लिएको छ ।
रुसी क्षेप्यास्त्रहरू मध्य शहर डिनिप्रोको आवासीय भवनमा पनि बर्सिएका छन् ।
उक्त शहरको आवासीय भवनमा भएको क्षेप्यास्त्र आक्रमणमा परि ४० जनाको मृत्यु भएको थियो ।
Categorized in अन्तर्राष्ट्रिय