arin enterprises

काठमाडौँ उपत्यकामा थप २,६०७ सङ्क्रमित

SamacharDesk – समाचारडेस्क | २०७८ पौष ३०, शुक्रबार

गत २४ घण्टामा काठमाडौँ उपत्यकामा थप दुई हजार ६०७ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार काठमाडौँमा थप १,९१३ जनामा, भक्तपुरमा ३१७ जनामा र ललितपुरमा ३७७ जनामा सङ्क्रमण देखिएको हो ।

हिजो काठमाडौँ उपत्यकामा १,९१६ जना सङ्क्रमित थपिएको थियो । 

Categorized in राष्ट्रिय