नेपालले बंगलादेशसँग खेल्यो बराबरी, तर पनि फाइनल प्रवेश
SamacharDesk – आकाश राजोपाध्याय | २०७७ चैत्र १४, शनिबार

थ्री नेसन्स कपको लिग चरणको अन्तिम खेलमा नेपाल र बंगलादेशले गोल रहित बराबरी खेलेको छ ।
आज दशरथ रंशगालामा सम्पन्न लिग चरणको अन्तिम खेलमा बराबरी रोकेपनि नेपाल फाइनलमा भने पुगेको छ ।
नेपाल गोलरहित बराबरीमा रोकिएको यो लगातार तेस्रो पटक हो । यसअघि नेपाल र किर्गिस्तानको खेल पनि गोलरहितको बराबरीमै सकिएको थियो ।
अब फाइनलमा नेपालले बंगलादेशसँग नै खेल्नेछ । बंगलादेश किर्गिस्तानलाई १–० ले पराजित गर्दै फाइनलमा पुगेको हो ।
नेपालले आज गोलको लागि प्रयास गरेपनि गोल गर्न भने सकेन ।
नेपालले पहिलो एटेम्टका लागि २० औं मिनेटमा गोल गर्न खोजेको थियो । त्रिदेव गुरूङको क्रसमा सिक्स यार्ड बक्समा अनमार्क रहेका अन्जन विष्टको हेड प्रहार पोस्ट माथिबाट बाहिरियो ।
दोस्रो हाफमा दुवै टोलीले गोलका लागि प्रयास गरेपनि सफल हुन सकेन । ५९ औं मिनेटमा अन्जन विष्टले डिबक्स नजिकबाट हानेको प्रहारलाई बंगलादेशका गोलकिपरले आफ्नो नियन्त्रणमा लिए ।
६५औं मिनेटमा रन्जित धिमालको क्रसमा अभिषेक रिजालले डिबक्सबाट हानेको प्रहार पनि आउट भयो । त्यस्तै ८२औं मिनेटमा दर्शक गुरुङ चुके ।
अब नेपाल र बंगलादेशबीच आउँदो सोमबार अपाधि भिडन्त हुनेछ ।
Categorized in स्पाेर्ट्स