arin enterprises

त्रिदेशीय कपमा नेपालले आज किर्गिस्तानसँग खेल्दै

SamacharDesk – स्पाेर्ट्स ब्यूराे | २०७७ चैत्र १२, बिहिबार

काठमाडौंमा जारी त्रिदेशीय (थ्रि नेसन्स) कप फुटबल प्रतियोगितामा आज नेपालले पहिलो खेल खेल्दैछ । आज नेपालले किर्गीस्तानसँग प्रतिस्पर्धा गर्न लागेको छ ।

नेपालको सिनियर राष्ट्रिय टोलीले किर्गीस्तानको २३ वर्ष मूनीको टिमसँग खेल्न लागेको हो । खेल साँझको ५ः३० बजे काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुन लागेको छ ।

नेपालले पहिलो खेल खेल्न लाग्दा किर्गिस्तानको भने यो दोश्रो खेल हो । किर्गिस्तान मंगलवार भएको उद्घाटन खेलमा बंगलादेशसँग खेल्दै १–० ले पराजित भएको थियो ।

आजको खेल पनि नेपालले जित्ने सम्भावना बलियो रहेको फुटबल विश्लेषकहरुले बताइरहेका छन् । घरेलु मैदान र घरेलु दर्शकले नेपाललाई थप बलियो बनाउने विश्लेषण भइरहेको छ ।

पाहुना टोली किगिस्तानलाई भने फाइनलमा पुग्ने खेल जित्नैपर्ने दबाब रहेको छ ।

Categorized in स्पाेर्ट्स