विभिन्न घटना र दुर्घटनामा ३ जनाको मृत्यु
SamacharDesk – बिकाश | २०७७ भाद्र ४, बिहिबार

धुलिखेलमा खोलाले बगाई एक जनाको मृत्यु भएको छ ।
धुलिखेल नगरपालिका २ थिङगाउँ बस्ने ४५ वर्षीय भिम लाल तामाङको खोलाले बगाई बिहीबार बिहान मृत्यु भएको हो ।
बुधबार मिटिङ छापस्थित ससुराली गई फर्कने क्रममा उनलाई सोही ठाउँको थिङखोलाले बगाएको थियो ।
खोजीको क्रममा घटनास्थलबाट करिब ८ सय मिटर टाढा उनको मृत शरीर फेला परेको थियो ।
त्यसैगरी काठमाडौं गुह्येश्वरी बागमति खोलाले बगाएर ल्याएको अवस्थामा एक जनाको शव फेला परेको छ ।
करीब ४० वर्षका मृतक पुरुषको पहिचान भने हुन सकेको छैन ।
मृतकको हातमा वीर बहादुर लेखेको ट्याटु भेटिएको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
ट्रकको ठक्करबाट एक जनाको मृत्यु
जडिबुटिमा भएको ट्रक दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
काठमाडौं महागरपालिका ३२ जडीबुटी आकासे पुलस्थित सडकमा ट्रकको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको हो ।
ना.६ ख २९१७ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका ७ बस्ने ४४ वर्षीय धन बहादुर कार्कीको बिहीबार दिउँसो मृत्यु भएको हो ।
ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टर महाँकाल काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Categorized in समाज