arin enterprises

काठमाडौं उपत्यकाभित्र ३० नयाँ संक्रमित थप

SamacharDesk – विकाश | २०७७ आषाढ २१, आइतबार

आज मात्रै काठमाडौं उपत्यका भित्र ३० नयाँ संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो  २४ घन्टामा काठमाडौंमा मात्रै २७ जना नयाँ संक्रमित थप भएका छन् ।

त्यसैगरी ललितपुरमा २ जना र भक्तपुरमा एक जनामा संक्रमण देखिएको छ ।

पछिल्लो २४ घन्टामा सम्पन्न परिक्षणमा सबैभन्दा बढि कन्चनपुरमा ३२ जनामा संक्रमण देखिएको छ । त्यसैगरी रौतहटमा २९ र धनुषा र कैलालीमा २७/२७ जनामा संक्रमण पुष्टि भएको छ ।

बाजुरामा २० जनामा संक्रमण देखिँदा सल्यानमा १५, महोत्तरी र सुर्खेतमा १२/१२ जना र प्यूठानमा ११ जना संक्रमित थप भएका छन् ।

डडेलधुरामा ९, सर्लाही र दैलेखमा ७, बर्दियामा ५ जना नयाँ संक्रमित भेटिए । त्यसैगरी अर्घाखाँची, वैतडी र रुकुमपश्चिममा ४/४ जनामा संक्रमण पुष्टि भएको छ ।

डोटीमा ३ जना, झापा, ताप्लेजुङ, मोरङ, कपिलवस्तु, नुवाकोट, रामेछाप, सिन्धुपाल्चोक, तनहुँ, कास्की र रुपन्देहीमा २/२ जनामा संक्रमण देखिएको छ ।

पाँचथर, सिराहा, पर्सा, सल्यान, मकवानपुर, बाँके, इलाम, म्याग्दी, धादिङ, बागलुङ, लमजुङ, गोरखा, नवलपरासी, स्याङ्जा र अछाममा एक/एक जनामा संक्रमण भेटिएको छ ।

Categorized in राष्ट्रिय