भक्तपुरमा साइकलबाट ३३ पुल परिक्रमा गरिँदै
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८१ आषाढ २०, बुधबार

खोला किनारमा फोहर नफाल्न जनचेतना जगाउने उद्देश्यले भक्तपुरमा साइकलबाट ३३ पुल परिक्रमा गरिने भएको छ ।
आउँदो श्रावण ५ गते भक्तपुरका ३३ वटा पुल परिक्रमा गरिने लागेको हो । भक्तपुर सहरलाई ३३ वटा पुलले घेरेको भने यी पुलहरु परिक्रमा गर्न करीब ३३ किलोमिटर यात्रा गर्नुपर्ने बताइएको छ ।
अधिकांस रुट खोलाको तीरमै छ । कोरा नाम दिइएको यो साइकल यात्रा बिश्वका ३३ स्थानमा आयोजना हुदैछ । बिश्वका ३३ सहरको प्रतिक मानेर भक्तपुरमा ३३ पुलमा साइकल यात्रा गर्दा पनि बिश्व भ्रमण गरेको अनुभति हुने दावी गरिएको छ ।
साउनको पहिलो सनिबार ३३ पुल परिक्रमाको लागि साइकल चढी यात्रा गर्न सकिने र रुटको कुनै बिन्दुबाट घडिको दिशामा सुरु गरी यात्रा अगाडि बढाउन सकिने बताइएको छ ।
‘काठमाडौंमा खोलामा ढल मिसाउने चलन सुरु हुन अघि साउने खोला उर्लेर आउँदा माछा मार्ने परम्परा थियो । खोला किनारमा फोहर बस्तु फाल्ने गतिबिधि कम गर्न को लागि पनि त्यहाँ साइकलको चहलपहल हुन आवश्यक छ’ आयोजकबाट जारी प्रेश विज्ञप्तीमा लेखिएको छ ।
साइकल यात्राको रुटमा पाँचाख्यःदेखि, थिमि पुल, सल्लाघारी, टाउन प्लालिङ, देक्वचा, वन्ती, छालिङ पुल, महादेवखोला पुल, ब्रम्हायणी पुल, मल कारखाना रहेको छ ।
मल कारखाना अगाडी बन्दै गरेको पुल हुँदै थुसाचाको दुवै पुल तरेपछि खोला किनारैबाट जेलाँ पुल र माहेश्वरी पुल पुगिन्छ । यहाँबाट सय मिटर दक्षिण लागेपछि यात्रा सुरु गरेको पाचाख्यःको पुल पुगेपछि यात्राको एक फन्को पुरा हुन्छ ।
Categorized in समाज