साहित्यकार लाछिका चार पुस्तक एक साथ सार्वजनिक
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८२ पौष १६, बुधबार
सस्कृतिकर्मी, साहित्यकार एवं कलाकार गणेशराम लाछिबाट लिखित चार पुस्तक एक साथ सार्वजनिक भएको छ ।
मध्यपुर थिमी नगरपालिकाका नगरप्रमुख सुरेन्द्र श्रेष्ठ, नेपाल भाषा एकेडेमीका चान्सलर मल्ल के सुन्दर र भाषा आयोगका सदस्य सुरेशकिरण मानन्धरले शनिबार थिमिमा एक समारोहका बिच लाछिका चार पुस्तकहरु विमोचन गरे ।
कार्यक्रममा लाछिबाट लिखित नेपालभाषाका दुईवटा कृति “हेङ्ग्वाः जुम्ह मनु“(उपन्यास) र “कयता तंम्ह नेवाः’ नाटक तथा नेपाली भाषाबाट ‘सिक्किम यात्राको सेरोफेरो’ सस्मरण र ‘अमुर्त सम्पदाभित्र’ समेत चार पुस्तकहरु सार्वजनिक गरिएको थियो ।
मध्यपुरस्थित दबुली नेपालद्वारा आयोजित समारोहमा चारजना वरिष्ठ साहित्यकारहरुलाई समेत सम्मान गरिएको थियो ।
‘तेजकृष्ण नानिमाया लुमन्ति हना’ पुरस्कारबाट पोखराका तीर्थ श्रेष्ठ, भक्तपुर गुण्डुका अभय श्रेष्ठ, पनौतीका सूर्यप्रसाद लाकोजु र लोकन्थली थिमिका रत्न प्रजापति सम्मानित भएका हुन् ।
नेपाली साहित्यका विभिन्न विधामा चार दशकभन्दा लामो समयदेखी कलम चलाउने वरिष्ठ साहित्यकारहरुको योगदानको कदर गर्दै भविष्यमा आफ्नो मातृभाषाबाट पनि साहित्यिक रचना सृजना गर्न प्रोत्साहन दिने उद्देश्यले सम्मान गरिएको दबुली नेपालका अध्यक्ष ई. सन्तोष प्रजापतिले बताए ।
समारोहमा सम्मानित वरिष्ठ चार साहित्यकारहरुलाई मध्यपुर थिमिका नगरप्रमुख श्रेष्ठ, नेपालभाषा एकेडेमिका चान्सलर मल्ल र भाषा आयोगका सदस्य मानन्धरले ढाका टोपि, दोसल्लाका साथ कदर पत्रसहित सम्मान गरेका हुन् ।
दबुली नेपालले २०७४ सालदेखि कलासस्कृती, इतिहास, परम्परा, लोक वाद्यवादन, मातृभाषा, अमुर्त सम्पदा संरक्षण र प्रबद्र्धनमा विभिन्न गतिविधिहरु गर्दै आएको छ । लेखक एवं साहित्यकार लाछिका पुस्तकहरु दबुली नेपालले प्रकाशन गरेको हो ।
Categorized in पेजथ्री




