दुई पत्रकारसहित ४३ जनाले जिते कोरोनालाई
SamacharDesk – आकाश राजोपाध्याय | २०७७ जेठ १२, सोमबार

आजै थप ४३ जनाले कोरोना भाइरसलाई जितेर घर फर्केका छन् ।
नारायणी अस्पतालमा उपचाररत ४३ जना कोरोना संक्रमण निको भएर अस्पतालबाट डिस्चार्ज भएका हुन् ।
संक्रमितहरुको पछिल्लो दुईवटा रिर्पोट नेगेटिभ आएपछि उनीहरुलाई अस्पतालबाट डिस्चार्ज गरिएको हो ।
संक्रमण निको भएर घर फर्किनेमा ४२ जना पर्साका र १ जना सर्लाही जिल्लाको रहेको अस्पतालले जानकारी दिएको छ । ४३ मध्ये दुई जना महिला र अरु पुरुषहरु रहेका छन् ।
तीमध्ये दुई जना पत्रकार पनि रहेको जनाइएको छ ।
गत वैशाख ३० दुई जना पत्रकारमा कोरोना संक्रमण देखिएको थियो ।
कोरोना पोजेटिभ देखिएपछि उनीहरुलाई नारायणी अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको थिए ।
पछिल्लो ३ दिनमा नारायणी अस्पतालबाट ७२ जनाले कोभिड १९ लाई जितेर घर फर्किएका छन् ।
हिजो मात्रै एकै परिवारका १८ जना डिस्चार्ज भएर घर फर्केका थिए ।
आज ४३ जना डिस्चार्ज भएसँगै नारायणी अस्पतालको आइसोलेसन वार्ड खाली भएको छ । अब त्यहाँ कुनै पनि कोरोना संक्रमित छैनन् ।
Categorized in समाज