arin enterprises

काठमाडौं उपत्यकामा १३९ सहित ४७ जिल्लाबाट ४८४ नयाँ संक्रमित थप

SamacharDesk – बिकाश | २०७७ श्रावण २८, बुधबार

आज देशका विभिन्न सरकारी तथा निजी कोभिड प्रयोगशालाहरुमा गरिएको १० हजार ४ सय ८१ वटा नमूना परिक्षण गरिएकोमा ४७ वटा जिल्लाबाट ४ सय ८४ जना नयाँ संक्रमित भेटिएका छन् ।

काठमाडौं उपत्यकाका ३ वटै शहरबाट १३९ जनामा संक्रमण देखिएकोमा काठमाडौंमा मात्रै एक सय ९ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी मोरङमा ४८, महोत्तरीमा ४४, धनुषामा ३९, रौतहटमा २४, ललितपुरमा २१, सुर्खेतमा १८, मकवानपुरमा १६, सुनसरी, बारा, चितवनमा १५/१५, कास्कीमा १३ र सिराहा र झापामा १०/१० जना संक्रमित भेटिएका छन् ।

साथमा, भक्तपुरमा ९, रुपन्देहीमा ८, स्याङ्जामा ६, सप्तरी, सर्लाही, काभ्रेपलान्चोक र दार्चुलामा ५/५, दैलेखमा ४, कैलाली, पर्सा, अर्घाखाँची र कन्चनपुरमा ३/३ जनामा संक्रमण देखिएको छ ।

गोरखा, नुवाकोट, सिन्धुली, वैतडी, तनहुँ, दोलखा, धादिङ, रुकुमपूर्व, र डोटीमा २/२ जनामा संक्रमण पुष्टि हुँदा इलाम, ताप्लेजुङ, दाङ, बाँके, ओखलढुङ, रामेछाप, जाजरकोट, कपिलवस्तु, खोटाङ, पाल्पा, सल्यान र रुकुमपश्चिममा एक/एक जना कोरोना पोजेटिभ पाइएका छन् ।

Categorized in राष्ट्रिय