बेवारीसे अवस्थामा पाँच थान भरुवा बन्दुक बरामद
SamacharDesk – बिकाश | २०७७ पौष २१, मंगलबार

बाग्लुङमा ५ थना एकनाले बन्दुक बेवारिसे अवस्थामा बरामद गरिएको छ ।
बागलुङको गलकोट नगरपालिका–११ रिघास्थित राङखानी सार्वजनिक चौरबाट ती बन्दुकहरु प्रहरीले आज दिउँसो बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाग्लुङबाट खटिएको प्रहरी टोलीले चौरमा बेवारिसे अवस्थामा फालिएको अवस्थामा उक्त बन्दुक बरामद गरेको हो ।
ती बन्दुकहरु कसको हो र किन कसले त्यसरी चौरमा छोडेको हो भन्ने सवालमा हालसम्म केही खुल्न सकेको छैन ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
Categorized in अपराध