arin enterprises

झापाका कोरोना संक्रमित वृद्ध निको भए

SamacharDesk – विकाश | २०७७ जेठ ५, सोमबार

विराटनगरमा उपचाररत झापाका कोरोना संक्रमित वृद्ध कोरोनाभाइरस संक्रमणलाई जित्न सफल भएका छन् । 

झापा दमक ३ का ६२ वर्षीय वृद्ध निको भएर आज अस्पतालबाट घर फर्किएका छन् ।

उनी विगत २५ दिनदेखि कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत थिए । 

पछिल्लो पटक गरिएको कोरोना परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या ३७ पुगेको छ ।

Categorized in समाज