arin enterprises

६३ वर्षीया आमाले पनि जितिन् कोरोनाभाइरसलाई

SamacharDesk – शिवेश शर्मा | २०७७ बैशाख ३१, बुधबार

चार साता लामो अस्पताल बसाइँपछि राप्तीकी ६३ वर्षीया आमा पनि कोरोनामुक्त भएर घर फर्केकि छिन् । 

घर फर्किँदै गर्दा आमाले आफुलाई स्वस्थ्य बन्न सहयोग गर्ने अस्पतालका नर्स, चिकित्सक, स्वास्थ्यकर्मी र अस्पताललाई धन्यवाद दिइन् ।

गत वैसाख ३ गते उनमा कोरोनाको संक्रमण पुष्टि भएको थियो । दुई छोरासँगै भरतपुर अस्पतालमा परिक्षण गराउन आएकी उनी र उनको एक छोरालाई कोरोना भाइरस संक्रमण देखिएको थियो । अर्का एक छोराको रिपोर्ट भने नेगेटिभ आएको थियो । 

आफुसँगै अस्पताल भर्ना हुने छोरालाई भने यो भन्दा अघि नै निको भइसकेको थियो । आमालाई निको हुन भने केही बढि समय लिएको हो ।

वैशाख १३ गते २७ वर्षीय छोरा संक्रमणमुक्त भएपनि आमासँगै घर जाने बताएपछि अस्पतालकै क्वारेन्टाइनमा बसेका थिए । 

आज आमाछोरा दुवै खुसी हुँदै घर फर्किएका छन् ।

योसँगै नेपालमा कोरोनाभाइरस (कोभिड १९) को संक्रमण निको हुनेको संख्या ३५ पुगेको छ ।

उनीहरुलाई लिन राप्ती नगरपालिका प्रमुख प्रभा बराल आफै एम्बुलेन्स लिएर अस्पताल आइपुगेकी थिइन् ।

डिस्चार्ज हुँदै गर्दा ६३ वर्षीया आमाको आत्मविश्वास सबैलाई प्रेरणा दिने खालकै थियो । 

‘सबैले मलाई कोरोना भयो भने, मलाई त केही भएको जस्तै लागेन । आउँदा पनि यस्तै थिएँ, अहिले पनि उस्तै छु’, उनले भनिन् ।’

अस्पतालले उनलाई संक्रमण निको भएपनि दुई सातासम्म घरमा छुट्टै बस्न र केही असजिलो भए अस्पताल आउन भनेको छ । 

उनीहरू राप्ती नगरपालिका वडा नं ८ का वासिन्दा हुन् । 

चैत ३ गते बेलायतबाट काठमाडौं आएर ५ गते राप्ती नगरपालिकास्थित घर आएका उनीहरूमध्ये आमाको वैशाख ३ गते ¥यापिड डाइग्नोष्टिक परीक्षणका क्रममा शंकास्पद देखिएको थियो ।

आमामा आरडिटी परिक्षणको नतिजा शंकास्पद देखिएपछि आमा र दुई छोराको समेत पिसीआर परीक्षण गर्दा वैशाख ५ गते आमा र एक छोरामा कोरोना संक्रमण देखिएको थियो ।

Categorized in समाज