arin enterprises

७५ वर्षीय तुलाधरको म्यूजिक भिडियो सार्वजनिक

SamacharDesk – बिराज | २०७९ मङ्सिर २, शुक्रबार

७५ वर्षीय गायक जुजुभाई तुलाधरको नेपालभाषाको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । तुलाधरको ‘मन त्यासा काये धुसेंलि’ बोलको गीत सार्वजनिक भएको हो ।

काठमाडौंमा भएको एक कार्यक्रमका बीच गीच सार्वजनिक गरिएको थियो ।

कार्यक्रममा नेपालभाषाका पहिलो म्युजिक भिडियो निर्देशक विजयरत्न तुलाधरले गायक तुलाधर उमेरले ज्येष्ठ नागरिक भएपनि युवा पुस्तालाई ध्यानमा राखेर गीत बनाउन सफल भएको विचार राखे ।

म्यूजिक भिडियोको छायाङ्कन देवेन्द्र महर्जन र सुमन चित्रकारले गरेका छन् भने दृश्य सम्पादनको साथमा निर्देशनसमेत सुरेन्द्र तुलाधरले गरेका छन् । कोरीयोग्राफी कृपा बज्राचार्यले गरेकी छन् । निर्देशक सुरेन्द्र तुलाधरको साथै रुपेन्द्र श्रेष्ठ, भोगेन्द्र मानन्धर, भिन्तुना जोशी, रोजिना सुवाल, रेमा श्रेष्ठ र सिर्जना प्रधानलगायतको अभियन रहेको छ ।

गीतमा संगीत भुपेन्द्र बज्राचार्यको रहेको छ । गीतको रचनाकार पनि तुलाधर आफैं हुन् ।

कार्यक्रममा नेपालभाषाको चर्चित पटाचारा, कृषा गौतमी लगायतका चलचित्रका निर्देशक रामकृष्ण खडगी, म्युजिक भिडियो क्षेत्रका युवा निर्देशक विश्वास बज्राचार्यलगायतले म्यूजिक भिडियो र गायक तुलाधरको बारेमा बोलेका थिए ।

Categorized in पेजथ्री