भ्रष्टाचार विरूद्धको आत्मिकी अन्धकार कविता संग्रह सार्वजनिक
SamacharDesk – केके मानन्धर | २०८१ कार्तिक २०, मंगलबार
साहित्यकार होमनाथ खत्री (होम दिम्माली) बाट रचित ’आत्मिकी अन्धकार’ नामक कविता संग्रह लोकार्पण गरिएको छ ।
भ्रष्ट, अराजकता र असहिष्णु कुप्रवृत्तिका विरुद्ध लक्षित भनिएको पुस्तकलाई जेष्ठ नागरिकद्वय कमलबहादुर बस्नेत तथा नन्दकुमारी बस्नेतले लोकार्पण गरे ।
पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै स्रष्टा खत्रीले पछिल्लो समय समाजभित्र बढेको खराब प्रवृत्तिलाई प्रहार गर्नुपर्ने बताए ।
‘असल शिक्षा र आत्मिकी ज्ञानको अभावले समस्या भएको हो । त्यसैले व्यक्ति, परिवार, समाज र समग्र राष्ट्रको अवस्था बदल्न सबैको मन सफा हुनुपर्छ’ स्रष्टा खत्रीको भनाइ थियो ।
कार्यक्रममा गोरखापत्र संस्थानका कार्यकारी सम्पादक जुनारबाबु बस्नेतदेखि विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरूको सहभागिता थियो ।
पुस्तकलाई लुम्बिनी प्रिन्टिङ सर्भिसले प्रकाशन गरेको हो ।
Categorized in पेजथ्री