arin enterprises

भारतलाई हराउँदै अष्ट्रेलिया छैठौं पटक च्याम्पियन

SamacharDesk – Ram Dangol | २०८० मङ्सिर ३, आइतबार

भारतलाई हराउँदै अष्ट्रेलियाले विश्वकप क्रिकेट २०२३ को उपाधि जितेको छ ।

१२ वर्षपछि फाइनलमा पुगेको भारतको तेस्रो पटक विश्व च्याम्पियन बन्ने सपना फेरि एकपटक तुहिएको छ ।

आईतबार भारतविरुद्ध शानदार जित निकाल्दै अष्ट्रेलियाले छैटौं पटक एकदिवसीय विश्वकपको उपाधि हात पारेको हो ।

अष्ट्रलियाका लागि फाइनलको नायक बनेका ट्रेभिस हेडको शानदार शतकमा अष्ट्रेलियाले भारतलाई ४ विकेटको क्षतिमा सहजै २४१ रनको लक्ष्य पार गरी हराएको हो ।

हेडले १ सय ३५ रनको शानदार शतक बनाए । उनले १५ चौका र ४ छक्काको मदतले सो रन बनाएका हुन् । उनले चौथों विकेटका मार्नस लाबुसेनसँग मिलेर १ सय ९२ रनको साझेदारी गर्दै टिमको जित निश्चित गरेका थिए । 

४७ रनमा ३ विकेट झारेर भारत खेलमा हाबी हुन खोजेपनि हेडले उत्कृष्ट ब्याटिङ प्रर्दशन गर्दै अष्ट्रेलियाको जितको आधार खडा गरेका थिए । जितका लागि मात्र २ रन चाहिएको बेला उनी १३७ रन बनाएर आउट भए ।

यसअघि एक दिवसीय विश्वकप क्रिकेटको आयोजक भारतले अस्ट्रेलियालाई २४१ रनको रनको मध्यम लक्ष्य दिएको थियो ।

अहमेदाबादस्थित नरेन्द्र मोदी मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा सबै विकेटको क्षतिमा २४० रन बनाएको थियो । भारतका लागि केएल राहुलले सर्वाधिक ६४ रन बनाउनुभयो ।

यस्तै विराट कोहलीले ५४, ओपनर एवं कप्तान रोहित शर्माले ४७, सूर्य कुमार यादवले १८, कुलदीप यादवले १० र मोहमेद सिराजले अविजित नौ रन बनाउनुभयो ।

अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । बलिङमा अस्ट्रेलियाका मिचेल स्टार्कले तीन विकेट लिनुभयो ।

प्याट कुमिन्स र जो हाज्लेउडले दुई दुई तथा ग्लेन म्याकवेल र आदम जम्पाले एक एक विकेट लिनुभयो । एक दिवसीय विश्वकपमा भारत चौथो र अस्ट्रेलिया आठौँ पटक फाइनल खेल खेलेको हो ।

यसअघि भारतले सन् १९८३, २००३ र २०११ मा फाइनल खेलेको थियो । यता आठौँ पटक फाइनलमा स्थान बनाएको अस्ट्रेलियाले सात मध्ये पाँच फाइनल खेल जितेको छ ।

Categorized in स्पाेर्ट्स