आफू निर्वाचित भए आफ्नो पारश्रमिक दिनदुःखीहरुलाई खर्च गर्ने उम्मेदवार विनय प्रसाद जोशीको उद्घोष
SamacharDesk – Ram Dangol | २०७९ बैशाख २५, आइतबार

स्थानीय तह निर्वाचन २०७९ मा ललितपुर महानगरपालिका वडा नंं २ का लागि कांग्रेसबाट अध्यक्ष पदका उम्मेदवार विनय प्रसाद जोशीले आफू अध्यक्ष पदमा निर्वाचित भएमा आफूले मासिक रुपमा पाउने पारश्रमिक नलिने घोषणा गर्नुभएको छ ।
उहाँले आफू निर्वाचित भएमा मासिक पारश्रमिकलाई वडाको विशेष कोष खडा गरी समस्यामा परेका गरिब, दलित, विपन्न, अपाङ्गता भएका लगायतका लागि खर्च गर्ने उद्घोष गर्नुभएको छ ।
उनले भने, ‘जनताको सेवाका लागि जनप्रतिनिधि भएर आउने हो, राज्यको सुबिधा लागि मेरा लागि आवश्यक नभएका कारण त्यो सुबिधा जनताका लागि नै खर्च गर्छु। किनकी जनताले दिएको मतले नै म बिजयी बन्ने हो।’
आफ्नो वडा मा पूर्वाधार विकास, बेरोजगार समूहलाई सीप तथा प्रशिक्षण, शिक्षा, स्वास्थ्य, खेल लगायतका क्षेत्रको विकास गर्नुपर्ने भएकाले आफूले त्यसैमा ध्यान दिने उम्मेदवार जोशीले बताउनुभयो ।
अघिल्लो ५ बर्ष का लागी निर्बचित भएका वडा अध्यक्ष ले वडामा सन्तोषजनक काम गर्न नसकेको र वडावासीहरुको समस्यालाई बेवास्ता गरेको उनको भनाई छ ।
उहाँले यसपटक आफूलाई वडाबासीहरुले आफ्नो अमूल्य भोट प्रदान गरी अत्याधिक मतले रुख चिन्हमा छाप लगाई आफू र आफ्नो प्यानललाई नै जिताउन अनुरोध गरेका छन् ।
उम्मेदवार जोशीले आफ्नो प्रतिबद्धता अनुसार वडामा सुशासन, अनुशासनको अनुभुति हुने गरि कार्य संचालन गर्ने, टोलवासीको सहजताका लागि सरकारी कामकाज गर्ने जस्तै मालपोत, भुमिसुधार, धारा, बत्ति, टेलिफोन कार्यालयमा जाँदा वडाबासीहरुलाई दुःख नहोस् भनी सहजताका लागि स्वयंसेवक खटाइने जानकारी दिनुभएको छ ।
त्यस्तै स्वच्छ र सफा वातावणको लागी पार्क संरक्षण गरि व्यवस्थित गर्ने, महिलाहरुलाई लक्षित गरी शीपमूलक तालिम दिई उत्पादित सामानहरुको विक्री वितरणसम्मको जिम्मा वडाले नै लिने जस्ता प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
त्यसैगरी २ नं. वडामा रहेको सार्वजनिक जग्गाहरुको उचित संरक्षण गर्ने तथा फोहरमैलामा लिदै आएको दोहोरो करमा छुट गरि एकतर्फी मात्रै करको व्यवस्था गर्ने र वडावासीहरुको स्वास्थ्य बीमा निःशुल्क गराउने जस्ता योजनाहरु उम्मेदवार जोशीले अघिसारेका छन् ।
उहाँले आफू अध्यक्ष भएमा वडाको कार्य दु्रत गतिमा गराउन सबै कामहरु डिजिटल मैत्री गर्ने बतानुउभयो । त्यस्तै आफ्नो वडामा २४ सै घण्टा सुरक्षित साथ हिँड्डुलका लागि ठाउँठाउँमा सीसी क्यामरा लगायत उज्यालो बत्तीको व्यवस्था गर्ने बताउनुभयो ।
ललितपुर महानगरपालिका वडा नं. २ भित्र रहेका मठ मन्दिर संम्पदाहरुको संरक्षण सम्र्वद्धनका लागि टोलबासीहरुसँग सरसल्लाह गरी प्रत्येक वर्ष बजेट बिनियोजन गर्ने बताउनुभयो ।
उम्मेदवार जोशीले वडामा रहेका विभिन्न जातिहरुको आ–आफ्नो परम्परा अनुसारको बाजा तथा पोशाकहरु संरक्षण गर्दै आवश्यक अनुसार तालिम दिने, जेष्ठ नागरिकहरुलाई निःशुल्क धार्मिक भ्रमणको व्यवस्था गर्ने, स्थानिय कलाकार, खेलाडी तथा विभिन्न सेवा मूलक पेशामा रहेका व्यक्तिहरुलाई प्रोत्साहन गर्ने गरि कार्यक्रम गर्ने जस्ता प्रतिबद्धता जनाउनुभएको छ ।
उहाँले आफ्नो घोषणापत्रमा उल्लेखित प्रतिबद्धताहरु पुर्ण इमान्दारीताका साथ पालना गर्ने गराउन लागी पर्ने र वडावासीहरुको राय सल्लाह सुझाव तथा दिशानिर्देश अनुसार नै आफू चलायमान हुने र एक कुशल वडा अध्यक्ष बन्ने प्रण लिनुभएको छ ।
Categorized in स्थानीय