arin enterprises

दुई कैदीको हत्या भएको अधिकारकर्मीहरुको निष्कर्ष

SamacharDesk | २०८० श्रावण ३२, बिहिबार

मानवअधिकारकर्मीहरुले संखुवासभा जिल्ला कारागार खाँदबारीमा पाशविक यातनाका कारण २ कैदीको मृत्यु भएको निष्कर्ष निकालेका छन् ।

संखुवासभाको कारागारबाट भाग्न खोज्दा समातिएका कैदीहरु प्रहरी हिरासतमा मृत्यु भएपछि अनुसन्धान थालिएको थियषे ।

संखुवासभा मादी नगरपालिका–५ का २० वर्षीय विनोद तोलांगी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको गत बुधबार कारागार भित्रै मारिएका थिए ।

कारागारको झ्याल फोडेर भाग्न खोजेका कैदीलाई समातेपछि उनीहरुले कारागारभित्रै लाठ्ठी र मुक्काले हानेर मृत्यु भएको देखिएपछि कारागारको सुरक्षामा खटिएका असईसहित दश जनालाई नियन्त्रणमा लिइएको थियो ।

स्थलगत अध्ययनमा पुगेका अधिकारकर्मीले कारागारभित्रै कुटपिट गरेर हत्या गरेपछि बिहान मात्रै उनीहरुलाई अस्पताल लगेको निष्कर्ष निकालेका छन् ।

कारागारको शौचालयको झ्याल फोडेर बाहिर निस्किएका उनीहरु बाहिरको ठूलो पर्खाल नाघेर भाग्न सक्ने अवस्थामा नरहेको र त्यसैक्रममा प्रहरीले नियन्त्रणमा लिएर उनीहरुलाई कारागारकै सुरक्षाकर्मी र कैदीले कुटेको अनुगमन टोलीको ठहर छ ।

बाहिर निर्मम र पाशविक यातना दिएपछि अन्तिममा भित्री प्रशासनलाई बुझाएको र भित्रको प्रशासनले समेत कुटपिट गरेका अनुगमन टोलीको निष्कर्ष छ ।

राष्ट्रिय मानव अधिकार आयोग प्रदेश कार्यालय विराटनगरका प्रमुख पवनकुमार भट्टले राज्यको नियन्त्रणमा रहेका मानिसको अमानवीय तरिकाले कुटपिट पछि मृत्यु भएको देखिएको जानकारी गराउनुभयो ।

Categorized in अपराध