arin enterprises

डेनर्माकी महारानी मार्गरेट द्वितियद्वारा गद्दी त्यागको घोषणा

SamacharDesk | २०८० पौष १६, सोमबार

डेनमार्ककी महारानी मार्गरेट द्वितियले नयाँ वर्षको अवसरमा गद्दी त्यागको घोषणा गर्नुभएको छ ।

उहाँले सन् २०२४ को पूर्वसन्ध्यामा टेलिभिजनमाट सम्बोधन गर्दै उनले आश्चर्यजनकरुपमा गद्दी त्यागको घोषणा गरेकी हुन् । उनले जनवरी १४ मा औपचारिक रुपमा राजीनामा गर्ने घोषणा गर्नुभएको छ ।

उनले विगत १९७२ सालदेखि ५२ वर्षसम्म डेनमार्कको महारानी भएकी छिन् । उनले आफ्नो घोषणा भनेकी छिन, 'म सिंहासन मेरो छोरा, क्राउन प्रिन्स फ्रेडरिकलाई छोड्नेछुु ।

'शल्यक्रियाले स्वाभाविक रूपमा भविष्यको बारेमा सोच्न लगायो (अर्को पुस्तालाई जिम्मेवारी छोड्ने समय आएको छ, मैले निर्णय गर्ने अहिले नै सही समय हो,' उनको भनाइ उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सन् १९७२ मा आफ्ना बुवा फ्रेडरिक सीको निधनपछि उनले गद्दी आरोहण गरेकी थिइन् ।

८३ वर्षीया महारानी हाल संसारमा शासन गरिरहेकी एकमात्र रानी र युरोपमा सबैभन्दा लामो समयसम्म शासन गर्नेमा पर्छिन् ।

Categorized in अन्तर्राष्ट्रिय