विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त
SamacharDesk | २०७९ श्रावण १०, मंगलबार

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले भुवन के.सी.लाई बोर्डको अध्यक्षमा नियुक्त गरेको छ ।
तर, सरकारले के.सी. बोर्ड अध्यक्षमा नियुक्त भएको आधिकारिक घोषणा भने गरेको छैन ।
दयाराम दाहालको कार्यकाल सकिएपछि रिक्त रहेको पदलाई पुर्णता दिन उहाँलाई आगामी दुई वर्षको लागि बोर्ड अध्यक्षमा नियुक्त गरेको हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार बोर्ड अध्यक्षका लागि के।सी।सहित अरुणकुमार प्रधान, दीपक श्रेष्ठ, नरेशकुमार पौडेल, निर्मलराज ढकाल, मनिष पण्डित, सम्झना उप्रेती रौनियार, सुचित्रा श्रेष्ठ, सुनीलकुमार पोखरेल र सुष्मा कार्कीले निवेदन दिएका थिए ।
गायन हुँदै अभिनयमा प्रवेश गरेका के।सी। पछिल्लो समय चलचित्र निर्माण, निर्देशन र अभिनयमा सक्रिय हुनुहुन्छ । के.सी. गत वैशाखमा मात्र नेकपा एमालेबाट नेपाली कांग्रेस प्रवेश गर्नुभएको थियो ।
Categorized in पेजथ्री