arin enterprises

नेपाल ईयूको कालोसूचीबाट फेरि हटेन

SamacharDesk | २०८० जेठ २८, आइतबार

नेपाल युरोपेली यूनियन (ईयू) को ‘एभिएसन सेफ्टी लिस्ट (कालोसूची)’मा कायमै रहेको छ ।

नेपाल पुनः कालोसूचीमा पर्नुको मुख्य कारण १ माघ २०७९ का दिन पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटना मुख्य कारण हो । उक्त दुर्घटनामा ७२ जनाको ज्यान गएको थियो ।

पोखरा दुर्घटनालगत्तै नेपालका लागि युरोपेली युनियनका राजदूत र नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकले एक संयुक्त विज्ञप्ति जारी गर्दै ईयुको अनसाइट भिजिट स्थगित भएको र दुई पक्षीय सहयोग भने जारी रहने उल्लेख गरेका थिए ।

ईयूको हरेक वर्षको मे महिनामा बस्ने सुरक्षा काउन्सिलको बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणसहित नेपालमा दर्ता भएका सबै वायुसेवा कम्पनीलाई कालो सूचीमा दोहो¥याएको हो ।

युनिएनको वर्षको दुई पटक मे र नोभेम्बर महिनामा सुरक्षा काउन्सिलको बैठक बस्ने गरिन्छ । सो बैठकले मात्र यो सूची पुर्नरावलोकन गर्छ । सोही कारण अब कम्तीमा ६ महिना नेपाल कालोसूचीमा यथावत रहने निश्चित छ ।

ईयूले बुधबार सूची अपडेट गरी सार्वजनिक गरेको छ । नेपाल सन् २०१३ यता निरन्तर ईयूको कालोसूचीमा छ ।

Categorized in राष्ट्रिय