युनाइटेड र ब्रेन्टफोर्डको खेले बराबरी, चेल्सी रोकियो बर्न्लेसँग
SamacharDesk | २०८० चैत्र १८, आइतबार

इंग्लीश प्रिमियर लिग फुटबलमा ब्रेन्टफोर्डले म्यान्चेस्टर युनाइटेडलाई बराबरीमा रोकेको छ।
गएराती ब्रेन्टफोर्डको मैदानमा भएको खेलमा दुबै टोलीले इन्जुरी समयमा गोल गरेको हो । खेलमा एक गोलले पछि परिसकेको अवस्थालाई उल्टाउँदै घरेलु टोली ब्रेन्टफोर्डले युनाइटेडलाई बराबरीमा रोकेको हो।
युनाइटेडका लागि मेसन माउन्टले गोल गरेका थिए। ब्रेन्टफोर्डका लागि भने क्रिस्टोफर अजेरले गोल गरे। म्यान्चेस्टर युनाइटेडका मेसन माउन्टले पहिलो गोल गरे ।
यसको तिन मिनेटपछि ब्रेन्टफोर्डका क्रिष्टोफर आयरले बराबरी गोल फर्काएका हुन् । गएराती भएको अर्को खेलमा चेल्सीले बर्न्लेसँग २–२ गोलको बराबरी खेलेको छ ।
चेल्सीको मैदानमा भएको खेलमा घरेलु टोलीका कोल पाल्मरले दुई गोल गरे । बर्न्लेका लागि जोस कुलेन र डारा ओसियाले एक एक गोल गरे ।
प्रिमियर लिगका अन्य खेलहरुमा टेटनह्याम हट्सपरले लुटन टाउनलाई २–१ ले हराउँदा न्युकासल युनाइटेडले वेष्ट ह्याम युनाइटेडमाथि ४–३ को जित निकाल्यो ।
यसैगरि बर्नमोथले एभर्टनलाई २–१ ले हराउँदा एस्टन भिल्लाले वुल्भरह्याम्पटन वान्डरर्सलाई २–० ले पराजित ग¥यो ।
गएरातिका खेलपछि प्रिमियर लिगको अंक तालिकामा समान ६४ अंक जोडेका आर्सनल र लिभरपुल शिर्ष दुई स्थानमा रहेका छन् ।
६३ अंकसहित म्यान्चेस्टर सिटी तेस्रो स्थानमा रहँदा चौथो स्थानको एस्टन भिल्लाको ५९ अंक छ ।
Categorized in स्पाेर्ट्स