arin enterprises

एभरेष्ट एयरको हेलिकप्टर विहानदेखि सम्पर्कविहीन

SamacharDesk | २०७९ चैत्र २६, आइतबार

एभरेष्ट एयरको हेलिकप्टर आज विहानबाट सम्पर्कविहीन भएको छ ।

म्याग्दीको धौलागिरि हिमाल आधार शिविरतर्पm गएको उक्त हेलिकप्टर सम्पर्कविहीन भएको हो । हेलिकप्टर आज विहान ११ बजेर ११ मिनेटमा सम्पर्कविहीन भएको म्याग्दी जिल्ला अधिकारीले बताएको छ ।

हराएको हेलिकप्टर खोजीका लागि अहिले एयर डायनेष्टीको हेलिकप्टर त्यतातिर पठाएको छ । हेलिकप्टरमा सवार यात्रुसहितका विवरण प्राप्त नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

तत्काल पैदलमार्गबाट जान सम्भव नभएकाले सम्बन्धित टेकिङ एजेन्सीले नै खोजी गरिहेको छ ।

म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्ने विश्वको सातौँ ९८,१६७० मिटर अग्लो धौलागिरि हिमाल आसपासमका क्षेत्रमा हेलिकप्टरबाटै खोजी भइरहेको छ । 

Categorized in राष्ट्रिय