arin enterprises

अंग्रेजी नयाँ वर्ष २०२३ मनाईंदै

SamacharDesk | २०७९ पौष १७, आइतबार

इस्वी संवतको नयाँ वर्ष सन् २०२३ आजदेखि सुरु भएको छ ।

ग्रेगोरियन पात्रोअनुसार सन् २०२२ को विदाई र नयाँ वर्ष सन् २०२३ को स्वागतमा विश्वभर बिभिन्न कार्यक्रमहरु गरी इस्वी संवत् २०२३ मनाइरहेको छ ।

नयाँ वर्षको अवसरमा विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदानप्रदान गरेर हर्षाेल्लासपूर्वक मनाइरहेका छन् । इशाइ धर्मका प्रवर्तक यशु ख्रीस्टको मृत्युपछि पादरी ग्रेगोरियनले सुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिन्छ ।

ईसापुर्व २०२२ बर्ष पहिले इराकको मेसोपोटामियाबाट नयाँ बर्ष मनाउने प्रचलन शुरु भएको मानिन्छ । रोमन भाषाको जेनस शब्दबाट नयाँ बर्षको पहिलो महिना जनवरीको नामाकरण गरेको बताइन्छ ।

नयाँ वर्षको स्वागत सबैभन्दा पहिले न्युजिल्याण्ड र अष्ट्रेलियाबाट शुरु भएको छ भने युरोप र एशियाली देशहरुले पनि स्वागत गरिसकेका छन् ।

अमेरिकीहरुले पनि स्वागत गर्दैछन् । नयाँ वर्ष सुरु भएलगत्तै विश्वभरका मानिसहरुले हर्षोल्लासका साथ भव्यरुपमा अतिशवाजीसहित यसको स्वागत गरिरहेका छन् ।

नेपालमा पनि नयाँ वर्ष विशेषगरी पर्यटकीय स्थलहरु काठमाडौं, पोखरा, सौराहा, नगरकोट, धुलिखेललगायतका स्थानमा गएरातिदेखि मनाइरहेका छन् ।

Categorized in राष्ट्रिय