arin enterprises

अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै

SamacharDesk | २०८१ मङ्सिर २५, मंगलबार

आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै छ ।

संयुक्त राष्ट्रसंघको महासभाबाट मानव अधिकारको विश्‍वव्यापी घोषणापत्र जारी भएको दिनको स्मृतिमा प्रत्येक वर्ष डिसेम्बर १० मा विश्‍वभर यो दिवस मनाउने गरिन्छ ।

यस वर्ष ‘हाम्रो अधिकार, हाम्रो भविष्य र अहिले’ भन्ने मूल नारासहित नेपालमा पनि विविध कार्यक्रमका साथ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइदैछ ।

बिश्वमा यस मानव अधिकारको घोषणापत्र नै सबैभन्दा भन्दा धेरै भाषामा अनुवादीत अनि प्रकाशीत घोषणापत्र हो, यस घोषणापत्र ५०० भन्दा पढि भाषामा अनुवादित अनि प्रकाशीत छ ।

मानव अधिकार दिवस मनाउनुको उद्देश्य संसारका सबै मानिसले सुरक्षाको प्रत्याभूति गरून् र भेदभावरहित, स्वतन्त्रतापूर्ण जीवन जिऊन सकून् भन्ने हो । मानव अधिकारमा स्वास्थ्य, आर्थिक समाजिक, शिक्षाको अधिकार पनि पर्छन् ।

नेपालको संविधानले नागरिक तथा राजनीतिक अधिकारसहित आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको संरक्षण तथा सम्बर्द्धन गर्दै विधिको शासन कायम गर्ने प्रावधानलाई उच्च प्राथमिकता दिएको छ ।

समावेशीकरणको नीतिद्वारा सबै वर्ग र समुदायका सिमान्तकृत समुदायलाई राज्यको मूलधारमा ल्याउन पनि संविधानले निर्दिष्ट गरेको छ ।

हामी सबैको आधारभूत मानव अधिकारकालागि हामीसबैले आवाज उठाउन पाउँछौ र यो जरुरी पनि छ ।

मानव जन्मिने वित्तिकैदेखि मृत्यूपर्यन्तसम्म एउटा सम्मानित र समान जीवन बाँच्नकालागि चाहिने सम्पूर्ण आधारभुत आवश्यक्ताहरू मानव अधिकार भित्र पर्दछ ।

Categorized in राष्ट्रिय