आइपीएलको फाइनल खेलमा आज कोलकाता र हैदरवाद भिड्ने
SamacharDesk | २०८१ जेठ १३, आइतबार

इन्डियन प्रिमियर लिग (आईपिएल) २०२४ को फाइनल खेल आज चेन्नईमा हुँदैछ ।
आज बेलुकी पौने ८ बजे कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदरावाद भिड्ने छन् । प्रतियोगिताको पहिलो क्वालिफयारमा हैदरावादलाई ३७ रनले हराउँदै कोलकाता फाइनलमा पुगेको हो ।
हैदरावाद भने दोस्रो क्वालिफायरमा राजस्थान रोयल्स्लाई पराजित गर्दै फाइनलमा पुगेको हो । हैदरावाद पहिलो क्वालिफायरमा कोलकाता नाइट राइडर्ससँग आठ विकेटले पराजित भएका थियो ।
यता राजस्थानले भने इलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंग्लोरु (आरसिबी)लाई ४ विकेटले हराएको थियो ।
सन् २०१२ र २०१४ को आइपिएल क्रिकेट जितेको टोली कोलकाता आज तेस्रो उपाधिको खोजीमा छ ।
२०१६ को च्याम्पियन हैदरावाद भने दोस्रो पटक उपाधि जित्न चाहन्छ ।
Categorized in स्पाेर्ट्स