इलाम–२ मा एमालेको अग्रता
SamacharDesk | २०८१ बैशाख १७, सोमबार

प्रतिनिधि सभा अन्तगरत इलाम–२ मा भएको उपनिर्वाचनमा एमालेको अग्रता कायमै छ ।
सोमबार बिहान १० बजेसम्म २४ हजार ७३८ मतगणना भएको छ । पछिल्लो मतगणना अनुसार नेकपा एमाले उम्मेदवार सुहाङ नेम्वाङले ३ हजार ५९ को मतान्तर बनाउँदै सुहाङले १० हजार ३ मत ल्याएको छ ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले ६ हजार ९ सय ४४ मत ल्याएका छन् ।
त्यस्तै, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ५ हजार ५ सय ९१ मत र रास्वपा उम्मेदवार मिलनकुमार योङहाङ लिम्बूले १ हजार ४ सय ४३ मत सहित चौथो स्थानमा रहेको छ । इलामको फाकफोकथुमको ६ वडा, चुलाचुलीको ६ वडा र माङ्सेबुङको ३ वडा गरी १५ वडाको मतगणना भइसकेको छ भने माङ्सेबुङ ४, ५ र ६ को मतगणना भइरहेको छ ।
यसैगरी बझाङ उपनिर्वाचनमा नेपाली कांग्रेस अगाडि छ । प्रदेशसभा निर्वाचन क्षेत्र १ (१) को लागि भएको उपनिर्वाचनको मतगणनाअनुसार अहिले कांग्रेस अगाडि छ ।
कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ९ हजार १ सय ६७ मत पाएर अग्रता कायमै राखेकाछन् । यस्तै, दोस्रो स्थानमा रहेका एमाले उम्मेदवार दमनबहादुर भण्डारीले ९ हजार ८४मत प्राप्त गरेका छन् ।
प्राप्त नतिजा अनुसार माओवादी केन्द्रका जनक बुढाले ३ हजार ५ सय ३५ मत प्राप्त गर्दा नेकपा एसका उमेदवार दिलबहादुर सिंहले २ हजार ३ सय ४७ मत प्राप्त गरेका छन् ।
नेपाली कांग्रेसका उम्मेदवार सिंह एमाले उम्मेदवार भण्डारी भन्दा ८३ मतले अगाडि छन् ।
Categorized in राजनीति