भारतीय अर्बपति अडानीमाथि ठगीको आरोप
SamacharDesk | २०८१ मङ्सिर ६, बिहिबार
भारतीय अर्बपति गौतम अडानीसहित सात जनालाई न्यूयोर्कको संघीय अदालतलले ठगीको आरोप लगाएको छ ।
अडानीमाथि अमेरिकामा ठेक्का आफ्नो हातमा पार्नका लागि २५० मिलियन डलर घुस दिने योजना बनाएको र त्यसलाई लुकाउने प्रयत्न गरेको आरोप लागेको बीबीसीले उल्लेख गरेको छ ।
अभियुक्तहरूमा सागर र विनीत जैन, अदानी ग्रीन एनर्जी लिमिटेडका अधिकारीहरू र गौतम अदानीका भतिजाहरू पनि रहेका छन् ।
अडानीले सौर्य ऊर्जाको ठेक्का प्राप्त गर्न भारतीय अधिकारीहरूलाई सो परिमाणको रकम दिने प्रतिबद्धता जनाएको भनी उल्लेख गरेको बीबीसीले जनाएको छ ।
उता अमेरिकी न्याय विभाग अनुसार उनीहरुले भारतमा घूस दिएर परियोजना माग गरेको र विदेशी लगानीकर्ता तथा बैंकलाई झुठो बोलेको पाइएको छ ।
अडानीले पूर्ण योजना बनाएर अनुसन्धानमा बाधा पु¥याउने प्रयास गरेको पनि आरोपमा उल्लेख छ । परियोजनाबाट २० वर्षमा सबै कर कटाए पनि २ अर्ब डलरभन्दा धेरै नाफा अनुमान गरिएको उल्लेख छ ।
अडानी समूह सन् २०२३ देखि नै सन्देहको घेरामा काम गरिरहेको बताइन्छ ।
Categorized in स्पाेर्ट्स