सूर्तीजन्य पदार्थ विक्री गर्न नपाइने महानगरको निर्णयमा रोक
SamacharDesk | २०८० मङ्सिर ३०, शनिबार

सुर्तीजन्य पदार्थ बिक्रीमा रोक लगाउने काठमाडौं महानगरपालिकाको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी भएको छ ।
न्यायाधीशद्वय जनक पाण्डे र ब्रजेश प्याकुरेलको संयुक्त इजलासले श्रीराम टोवागो उद्योगले दायर गरेको मुद्दामा अन्तिम टुङ्गो नलागेसम्म महानगरको मङ्सिर १२ गतेको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।
श्रीराम टोबाकोले दायर गरेको रीटमा सुनुवाई गर्दै उच्च अदालतको इजलाशले सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐनलाई आधार मानी बिक्री वितरणमा पूर्ण प्रतिबन्ध लगाउँदा निवेदकहरूलाई अपुरणीय क्षति पुग्नसक्ने भन्दै अन्तरिम आदेश दिएको हो ।
महानगरपालिकालाई विपक्षी बनाई श्रीराम टोवागो उद्योगले उच्च अदालत पाटनमा रिट दायर गरेका थिए । महानगरले सुर्ती, खैनी, गुट्खा, पान परागजस्ता मुखमा राखेर रस लिने सुर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक लगाएको छ ।
साथै चुरोट खुद्रा बेच्न रोक लगाएको छ भने सार्वजनिक स्थानको १०० मिटर वरपर धूमपान गरे एकसय रुपियाँ जरिवाना गर्ने निर्णय गरेको थियो ।
Categorized in राष्ट्रिय