माओवादीको चुनाव प्रचार गर्ने नौला शैली
SamacharDesk | २०७८ चैत्र ३०, बुधबार

नेकपा माओवादी केन्द्रले चुनाव प्रचारको नयाँ तरिका अपनाएका छन् । माओवादीले चुनाव प्रचारका लागि बनाएको पोस्टरमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको फोटो दुरुपयोग गरिएको छ ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल र अर्थमन्त्री जनार्दन शर्मासंगै कुलमान घिसिङको पनि फोटो राखेर “अँध्यारोबाट उज्यालोको यात्रा” नारामा माओवादीले पोस्टर सार्वजनिक गरेको हो । उक्त पोस्टर माओवादी अध्यक्ष दाहालको भेरिफाइड फेसबुक पेज मार्फत सार्वजनिक समेत गरिएको छ ।
तीन जनाको फोटोमाथि माओवादीको चुनाव चिन्ह हँसिया हथौडा राखिएको छ भने ’ह्यासट्याग भोट फर सिपिएन माओइस्ट’ लेखिएको छ । माओवादीको चुनावी यो पोस्टर र प्रचार सामग्री निर्वाचन आचारसंहिता विपरित हो । आयोगले जारी गरेको आचारसंहिता अनुसार कुनै पनि सरकारी कर्मचारीले कुनै राजनीतिक दल वा उम्मेद्वारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचार प्रसार पाईदैन ।
Categorized in राष्ट्रिय