माओवादी नेता श्रेष्ठ र नेकपाका महासचिव विप्लबबीच भेटवार्ता
SamacharDesk | २०७८ फाल्गुण १८, बुधबार

नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ ।
संसदबाट एमसीसी पास भएपछि असन्तुष्ट बनेका श्रेष्ठलाई विप्लबले सहकार्यको प्रस्ताव राखेको बुझिएको छ । आज बिहान हरिसिद्धिस्थित श्रेष्ठकै निवास पुगेर महासचिव विप्लवले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबाट राष्ट्रियता र अबको राजनीति अगाडि बढ्न नसक्ने भन्दै वरिष्ठ नेता श्रेष्ठलाई एउटै मोर्चा बनाउन आग्रह गर्नुभएको हो ।
राष्ट्रियताका पक्षमा लागेका साथीहरुबीच मोर्चा बनाउन विप्लवले प्रस्ताव राखेको श्रेष्ठ निकट नेताहरुले दावी गरेका छन् । जवाफमा माओवादी केन्द्रका वरिष्ठ नेता श्रेष्ठले राष्ट्रियताको विषय पार्टी बैठकमा उठाउने बताउनुभएको छ ।
एमसीसी अनुमोदनपछि अध्यक्ष प्रचण्डसंँग असन्तुष्ट श्रेष्ठलाई विप्लव आफैँले सम्पर्क गरेर भेटेको बताइएको छ । प्रतिनिधि सभाबाट अमेरिकी सहायता सम्झौता एमसीसी अनुमोदनमा आफ्नो पार्टी पनि संलग्न भएपछि नेता श्रेष्ठ अध्यक्ष प्रचण्डसँग असन्तुष्ट हुनु भएको छ ।
यसबीच प्रचण्डले श्रेष्ठबारे टिप्पणी गर्दै चित्त नबुझे पार्टी छाड्न पनि सकिने बताउनुभएको थियो ।
Categorized in राजनीति