arin enterprises

सन्चारकर्मी प्रज्वल शाक्यले ल्याए मायाको परिभाषा

SamacharDesk – Bijay | २०७८ श्रावण ३, आइतबार

रेडियो उपत्यका एफएममा आबद्द सन्चारकर्मि प्रज्वल शाक्यलाई अब गायकको रुपमा पनि हेर्न र सुन्न पाउने भएको छ ।

एक गायकको रुपमा उहाँ ले गाउनु भएको मायाको परिभाषा बोलको यस युगल गीतमा वन्दना खड्का ले साथ दिनु भएको छ भने सोही गीतको म्युजिक भिडियो आज एक कार्यक्रम बीच सार्वजनिक गरिएको छ ।

रेडियो उपत्यका एफएम सन्चालन गरिरहेको युगवाणी नेटवर्कका अध्यक्ष पुष्पराज पराजुली को सभापतित्वमा सम्पन्न सो कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल प्रमूख अतिथीका रुपमा रहनु भएको थियो ।

पोखरेलले सञ्चारकर्मीहरुको गायन यात्राको प्रशंसा गर्नु भयो ।

कार्यक्रममा पूर्व राज्यमन्त्री तिर्थराम डंगोल, चलचित्र पत्रकार विजयरत्न तुलाधर असंबरेलगायतले कुनै पनि यात्रामा पहिलो पाइला महत्वपुर्ण हुने बताउनु भयाे ।

कार्यक्रममा कार्यकारी सल्लाहकार कृष्ण के सि, कार्यकारी निर्देशक सुरेश आचार्यलगायत यस गीतका गायक तथा म्युजिक भिडियोका निर्देशक शाक्य, संगीत संयाेजक लक्ष्मीप्रकाश मल्ल, रचनाकार एवं संगीतकार राजकुमार रायमाझीले पनि गीत र म्युजिक भिडियोबारे मन्तव्य राख्नु भएको थियो ।

म्युजिक भिडियोमा प्रतीश शाक्य, प्रयुक्ता केसी, बिगेन तुलाधर, सरला सिलवाल र अम्बिका राईलगायतका साथमा गायकहरु प्रज्वल शाक्य र वन्दना खड्काले अभिनय गरेका छन् ।

म्युजिक भिडियोकाे छायांकन र दृश्य सम्पादन सोहन मानन्धरले गरेका छन् भने सह निर्देशन र नृत्य निर्देशन आराध्य लक्ष्मी खड्गीकाे रहेकाे छ ।

Categorized in पेजथ्री