arin enterprises

सडक बत्तीको वक्यौता तिर्न प्राधिकरणको आग्रह

SamacharDesk | २०८० चैत्र १६, शुक्रबार

नेपाल विद्युत् प्राधिकरणले सडक बत्तीको बक्यौता महसुल तत्काल तिर्न भनेको छ ।

स्थानीय तहले देशभरका सडकमा बत्ती प्रयोग गरेबापत ६ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको भन्दै प्राधिकरणले तत्काल उक्त रकम भुक्तानी गर्न आग्रह गरेको हो ।

प्राधिकरणले स्थानीय तहहरूले ६ अर्बभन्दा बढीको विद्युत् महसुल तिर्न एक सूचना प्रकाशित गरी आग्रह गरेको हो ।

सूचनामा प्राधिकरणबाट स्वीकृति नलिई सडक बत्ती जडान गर्नु गैरकानुनी रहेको पनि प्राधिकरणले स्पष्ट पारेको छ ।

अनधिकृत तवरले विद्युत् सेवा उपभोग गरेमा ऐनअनुसार विद्युत् लाइन काट्न सकिने व्यवस्था रहेको प्राधिकरणले चेतावनी दिएको छ ।

Categorized in राष्ट्रिय