arin enterprises

एनआरएनए अध्यक्षमा डा. बद्री केसी निर्वाचित

SamacharDesk | २०८० कार्तिक ३, शुक्रबार

गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्ष पदमा डा. बद्री केसी विजयी भएको छ । 

डा.केसी १३ सय ७८ मतसहित विजयी हुनुभएको हो । बिहीबार भएको प्रत्यक्ष र अनलाइन मतदानमा अध्यक्षका प्रत्यासी आरके शर्मा र महेश श्रेष्ठलाई पराजित गर्दै केसी अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

केसीका प्रतिद्वन्द्वी शर्माले १२ सय ८१ र श्रेष्ठले १२ सय २५ मत प्राप्त गरेका छन् । काठमाण्डौंमा भएको संघको ११औँ विश्व सम्मेलनमा नयाँ नेतृत्व चयनको लागि विहीबार निर्वाचन भएको हो ।

यस्तै, संगठनको उपाध्यमा डा. हेम राज शर्मा रोविन शेरचन, रामशरण सिंखडा, खगेन्द्र न्यौपाने, राज रेग्मी र डा.विनोद श्रेष्ठ निर्वाचित हुनुभएको छ । यस्तै महिला उपाध्यक्षमा रोजिना प्रधान राईले विजयी हुनुभयो ।

यस्तै, युवा उपाध्यक्षमा रोसन थापा निर्वाचित हुँदा महासचिवमा गौरीराज जोशी विजयी हुुनुभयो । यसैगरी, संघको अन्तराष्ट्रिय महिला संयोजकमा अनुजा प्रधान निर्वाचित हुनुभयो । यता, प्रतिस्पर्धीले भने निर्वाचनमा धाँधलीको आरोप लगाएका छन् ।

अध्यक्षका प्रत्यासीद्वय शर्मा र श्रेष्ठले सिष्टम ह्याक गरेर डा. के.सीलाई जिताइएको आरोप लगाएका छन् । अनलाइन भोटिङ प्रणाली कब्जामा लिएर चुनावमा धाँधली गरिएको उनीहरुको आरोप छ । शर्मा र श्रेष्ठले नतिजा स्वीकार नगर्ने भन्दै निर्वाचन रद्द हुनुपर्ने माग गरेका छन् ।

परिणाम घोषणलगत्तै असन्तुष्ट पक्षले नाराबाजी गर्दै निर्वाचन नै रद्ध हुनुपर्ने माग गरेका हुन् ।

Categorized in राष्ट्रिय