arin enterprises

टि २० आई सिरिजः नेदरल्याण्डसँग नामिबिया पराजित

SamacharDesk | २०८० फाल्गुण १७, बिहिबार

राजधानीमा जारी त्रिदेशिय टि–२० आई सिरिजमा नेदरल्याण्डसँग नामिबिया पराजित भएको छ ।

बिहीवार कीर्तिपुर मैदानमा भएको खेलमा नामिबिया नेदरल्याण्डसँग ५९ रनले पारजित भएको हो । माइकल लेभिटको उत्कृष्ट शतकमा नेदरल्याण्डले नामिबियालाई पराजित गरेको हो ।

जितको लागि २४८ रनको लक्ष्य पछ्याएको नामिबिया २० ओभरमा ७ विकेट गुमाउँदै १८८ रनमा समेटियो । नामिबियाका लागि जान फ्रेलिंकले सर्वाधिक ४२ रन बनाए भने जेन ग्रिनले ४२ रन बनाए ।

जेपी कोट्जीले २६, जेजे स्मिथ र रुबेन ट्रम्पलम्यानले समान १९/१९ रन बनाए । नेदरल्याण्डका लागि टिम भान डर गुग्टेनले २, भिभियन किंग्मा, फर्द क्लासेन, आर्यन दत्त, साइब्रान्ड एंगलब्रेक्ट र रोलेफ भान डर मर्वे १–१ विकेट लिए ।

नेदरल्याण्डबाट ओपनर माइकल लेभिटले ६२ बलमा ११ चौका र १० छक्कासहित १३५ रनको शतकीय इनिङ खेले ।

साइब्रान्ड एंगेलब्रेक्टले ७५ रन बनाए भने तेजा निणामानिरु ३ बलमा ३ छक्कासहित १८ रनमा रन आउट भए ।

नामिबियाका रुबेन ट्रम्पलम्यानले ४ ओभरमा ४६ रन खर्चेर २ विकेट लिए । बेन सिकोंगो र जान फ्रेलिंकले १–१ विकेट लिए । शुक्रवार नेपालले नामिबियाको सामना गर्नेछ ।

यसअघिको खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो ।

Categorized in स्पाेर्ट्स