arin enterprises

न्हूदँ ११४५ को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

SamacharDesk | २०८१ कार्तिक ६, मंगलबार

नेपाल संवत् ११४५ नयाँ वर्ष भव्य रुपमा मनाउन नेपाल सम्वत् ११४५ नयाँ वर्ष भव्यरुपमा मनाउने अवसरमा मंगलबार शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ ।

न्हूदँ राष्ट्रिय समारोह समितिले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह रहनुभएको थियो । चियापान कार्यक्रम न्हूदँ ११४५ का अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले स्वागत गर्नुभएको थियो ।

सो अवसरमा उहाँले हरेक वर्ष भैंm यसवर्ष पनि नयाँ वर्ष ११४५ भव्यरुपमा हर्षाेल्लासपूर्वक मनाउन आग्रह गर्नुभयो । अध्यक्ष श्रेष्ठले नयाँ वर्षको आन्दोलन उत्सव मात्र नभएर गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र पहिचानसँग जोडिएको आन्दोलन भएको बताए ।

उहाँले कार्यक्रममा प्रमुख अतिथि उपप्रधानमन्त्री तथा मन्त्री प्रकाशमान सिंहले नेपाल संवत ११४५ लाई भव्यताका साथ सम्पन्न गर्न सबै एकजुट हुनुपर्ने बताउनुभयो ।

उहाँले नयाँ अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठको नेतृत्वमा सरकारले नयाँ वर्षको कार्यक्रमलाई अझ राम्रो बनाउने विश्वास व्यक्त गर्नुभयो । उपप्रधानमन्त्री सिंहले सबै मिलेर नेपाल संवत ११४५ लाई प्रशंसा गर्न लायक भव्यताका साथ मनाउन आग्रह गर्नुभयो ।

शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा नेपाल संवत् राष्ट्रिय संरक्षण समाजका सचिव प्रा. डा. कार्यक्रममा संरक्षण समाजका संरक्षक नरेशमान बज्राचार्य तथा नेवाः अग्रज मल्ल के सुन्दर र अर्का संरक्षक हितकरवीर सिंह कंसाकारको उपस्थिति रहेको थियो ।

कार्यक्रममा पूर्वमन्त्री भीमसेनदास प्रधान, जीवनराम श्रेष्ठ, दिलीप महर्जन, प्रदेश सांसद तथा पूर्वमन्त्री वसन्त मानन्धर, शैलेन्द्रमान बज्राचार्य, नेवा दे डब्बु अध्यक्ष पवित्र बज्राचार्य, भाषा आयोगका सदस्य सुरेश किरणलगायतको उपस्थिति रहेको थियो ।

सो अवसरमा नेपाल संवत् राष्ट्रिय न्हूदँ समारोह समिति ११४४ को प्रगति विवरण पनि प्रस्तुत गरेको थियो ।

Categorized in समाज