महारानी एजिालवेथ द्वितियको ९६ वर्षमा निधन
SamacharDesk | २०७९ भाद्र २४, शुक्रबार

बेलायतकी महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा बिहीबार निधन भएको छ ।
बकिङ्घम प्यालेसले रानी एजिलाबेथ द्वितीयको निधन भएको पुष्टि गरेको छ ।
बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने महारानी एलिजाबेथले ७० वर्ष शासन गरेपछि बालमोरलमा निधन भएको छ ।
यसअघि उहाँ स्कटल्याण्डको बालमोरल अस्पतालमा चिकित्सकको निगरानीमा रहनु भएको थियो ।
चिकित्सकहरूले उहाँको स्वास्थ्यको बारेमा थप चासो व्यक्त गरेपछि उहाँलाई अस्पतालमा राखिएको बकिङ्घम प्यालेसले बिहीबार नै जनाएको थियो ।
महारानीको स्वर्गवास भएको खबर पाउन साथ बेलायतमा शोक छाएको छ ।
बकिंघम राजदरबारमा अहिले ठूलो भीड जम्मा भएको छ । महारानी एलिजाबेथको जन्म २१ अप्रिल १९२६ मा लण्डनको मेयफेयरमा भएको थियो ।
उनको वास्तविक नाम एलिजाबेथ एलेक्सान्ड्रा मेरी विन्डसर हो । एलिजाबेथ १९५२ मा बेलायतको महारानी बनेकी थिइन् ।
अब उनका ७३ वर्षीय छोरा चार्ल्स बेलायतको नयाँ राजा बन्ने छन् ।
Categorized in अन्तर्राष्ट्रिय
